११ चैत २०७६, काठमाडौं
जिम्बाबेका कोरोना भाइरस कोभिड–१९’ का कारण चर्चित टेलिभिजन पत्रकारको मृत्यु भएको छ ।
शनिबार दुईजना कोरोना पुष्टि भएकामध्ये पत्रकार ३० वर्षका जोरोरो मकाम्बाको मृत्यु भएको सीएनएनले जनाएको छ ।
पत्रकार जोरोरो कोरोनाका कारण मृत्यु हुने पहिलो जिम्बाबेली नागरिक हुन्।
गत बिहीबार फ्लुको संकेत देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
गतवर्ष जोरोरोको छातीको अपरेसन गरिएको थियो । उनको ट्युमर हटाइएको थियो ।





