किरात राई यायोक्खाको अपिल-‘कसैले पनि कोरोनालाई हेलचेर्क्याइँ नगरौं’



०९ चैत्र २०७६, काठमाडौं

किरात राई यायोक्खा [किराया]ले विश्वमा दिनप्रतिदिन भयावह रुप लिँदै गएको कोभिड १९ (कोरोना भाइरस)को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन सबैमा अपिल गरेको छ

कोरोनालाई कसैले पनि हेलचेर्क्याइँ नगर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीले भने बमोजिम नियमहरु पलना गर्न पनि आग्रह गरेको छ ।

यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईद्धारा सोमबार (आज) जारी विज्ञप्तिमा कोरोनाको जोखिमबाट आफू बच्न र सकेसम्म यसको न्यूनीकरण गर्ने विधि र उपायको बारेमा आ–आफ्नो ठाउँमा सचेतना फैलाउन, सल्लाह सुझाव दिन वा अन्य कल्याणकारी कार्यमा जुट्न अनुरोध गरिएको छ ।

यसैगरी कोरोनाबाट हुन भविष्यमा हुन सक्ने ठूला विपत्तिहरु, दैनिक उपभोग्य वस्तुको अभाव तथा औषधि अभाव जस्ता समस्या आइपरेको खण्डमा सबै एक जुट भएर उच्च मोनोवलका साथ मानवीय सहयोगमा एक जुट हुन पनि अपिल गरिएको छ ।

साथै यायोक्खाको केन्द्रीय कार्य समितिअन्तर्गत रहेका सम्पूर्ण भातृ संस्थाहरु, सम्बन्धन संस्थाहरु, विदेशी संगठनहरु र जिल्ला, नगर, गाउँ तथा वडा समितिहरु सबैलाई सार्वजनिक भेला, सभा सम्मेलन जस्ता भिडभाडका कार्यक्रमहरु नगर्न नगराउन पनि विज्ञप्तिमार्फत् भनिएको छ।

तस्वीरमा किरायाको झण्डा। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्