डिल्लीप्रसाद दाहालको निधनप्रति नेकपा बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागको भावपूर्ण श्रद्धाञ्जली



१० चैत २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागका सदस्य प्रमोद दाहालका ८४ बर्षीय पिता डिल्लीप्रसाद दाहालको गएराती निधन भएको छ ।

सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका ५ नागेडाँडास्थित निवासमै उपचारकै क्रममा राति निधन भएको हो । उहाँलाई केही दिनदेखि सामान्य पखाला र ज्वरो आएको पारिवारिक स्रोतले जनाएको छ ।

बामपन्थी पृष्ठभूमीका स्वर्गीय दाहालको मुलकोट सिन्धुली, सुनकोशीमा दाहसंस्कार गरिएको छ ।

प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ सिन्धुलीका सदस्य समेत रहेका प्रमोद दाहाल परिवारका चार छोरी र दुई छोरा मध्ये माहिला सन्तान हुन् । जेठो छोरा बिनोद दाहालको केही बर्ष अगाडि निधन भएको बुझिएको छ।

प्रमोद दाहालका पिता डिल्लीप्रसाद दाहालको निधनप्रति नेकपा बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले स्तब्ध हुँदै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

प्रचार तथा प्रकाशन विभागद्वारा जारी श्रद्धाञ्जली : 

प्रतिक्रिया दिनुहोस्