भारतबाट आएका नेपाली क्वारेन्टाइनबाट भागे



०९ चैत्र २०७६ काठमाडौं

सोमबार [आज] बिहान भारतका विभिन्न स्थानबाट नेपाल आएका नेपाली सरकारले व्यवस्था गरेको क्‍वारेन्टाइनबाट भागेका छन्।

जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरले उद्धार गरी नेपाल ल्याएको थियो।

उनीहरुले आफूहरुलाई कि त घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भनेर आन्दोलन गरेका थिए।

निकै सानो संख्यामा रहेका सुरक्षाकर्मीले सम्झाउँदा नमानेका उनीहरु पर्खाल चढेर क्याम्पसबाट निस्किएका बताइएको छ।

बिहान १० भन्दा पहिले नाकामा आइपुगेकालाई ज्वरो नापेपछि नगर बसमा राखेर सीमा नाका नजिकै महेन्द्र बहुमुखी क्याम्पसमा लगिराखिएको थियो।

तस्वीरमा भारतबाट फर्किएका नेपाली। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्