कोरोना सन्त्रास : थुलुङ दुधकोशी गाउँपालिकाभित्र भीडभाड गर्न नपाइने



०९ चैत्र २०७६, काठमाडौं

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले बृहत् भेला, सभा तथा समारोह नगर्न आग्रह गरेको छ।

सोमबार (आज) विज्ञप्ति जारी गर्दै गाउँपालिकाले चीनको वुहान प्रान्तबाट शुरु भइ हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई न्यूनीकरण गर्न अर्को सूचना नआइन्जेलसम्मको लागि बृहत् भेला, सभा तथा समारोह नगर्न आग्रह गरेको हो।

“गाउँपालिकाभित्र कुनै पनि प्रकारको बृहत् भेला, सभा तथा समारोह नगर्न अनुरोध छ।” गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै गाउँपालिकाले राजधानीसँगै विभिन्न बाहिरी जिल्लाबाट गाउँपालिका फर्किनेहरुलाई कम्तीमा तीन दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ।

यसैगरी विज्ञप्तिमा कसैलाई कोरोना लागेको आशंका भएमा गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पक गर्न समेत भनिएको छ।

तस्वीरमा गाउँपालिकाको लोगो। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्