‘सरकारले कोरोना भाइरसको सूचना लुकाउँदैन’



०९ चैत्र २०७६, काठमाडौं

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले कोभिड १९ (कोरोना भाइरस)सँग सम्बन्धीत सूचना नलुकाउने बताएका छन्।

सोमबार (आज) मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण वा यससम्बन्धी सूचनाहरु नलुकाइ पारदर्शी ढङ्गले जनतासामु ल्याउने बताएका हुन्।

सरकारले आजदेखि नै भारत र चीनका दुबै सीमा–नाका बन्द गराएको छ भने कोरोनाको संक्रमणबाट बच्न र त्यसको तयारी गर्न ५० करोड रुपैयाँ छुट्याएको छ।

“पोजिटिभ देखिएमा सूचना लुकाउने कुरा नै आउँदैन। राज्यले सूचना लुकाउँदैन। यो पारदर्शी ढङ्गले बाहिर आउँछु।” मन्त्री ढकालले भने।

यसैबीच मन्त्री ढकालले फ्रान्सबाट आएका एक नेपालीमा कोरोना संमक्रण पोजिटिभ देखिएको पनि जानकारी गराए।

तस्वीरमा मन्त्री ढकालको पत्रकार आकस्मित पत्रकार सम्मेलन। परिवर्तन खबर।

प्रतिक्रिया दिनुहोस्