
१० चैत २०७६, काठमाडौं
कतारबाट आएका एक जना नेपालीमा कोरोना भाइरस देखिएको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।
नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो केस हो। महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो। अहिले उनी उपचारपछि निको भएर घर फर्किएका छन्।





