सञ्चारकर्मी परियारको ‘कोरोना भाइरस’ सार्वजनिक [भिडिओ]



०९ चैत्र २०७६, काठमाडौं

सञ्चारकर्मी गोमा परियारको ‘कोरोना भाइरस’ गीत सार्वजनिक भएको छ।

गीतले चीनको वुहान प्रान्तबाट शुरु भइ हाल विश्वमा महामारीको रुप लिएको कोभिड १९ (कोरोना भाइरस)लाई विषयवस्तु बनाएको छ।

गीतमा नरेश खाती र एलिना चौहानको कर्णप्रिय स्वर सुन्न सकिन्छ।

गीतको दृश्य संस्करणमा कलाकार दीपाश्री नरौला, पत्रकार ऋषि धमला, सांसद कोमल ओली, लोक गायकहरु बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, हाँस्य कलाकारद्वय उमेश राई (फुलन्देकी आमा), राजेन्द्र नेपाली (लट्टे), ईश्वरी खातीलगायतको अभिनय रहेको छ।

गोरक्ष म्युजिक प्रालिको प्रस्तुतिमा सार्वजनिक गीत नरेश अफिसियल यूट्युबमार्फत् सार्वजनिक गरिएको छ।

भिडिओ-

प्रतिक्रिया दिनुहोस्