क्यानडाद्वारा ‘टोकियो ओलम्पिक’मा भाग नलिने घोषणा



०९ चैत्र २०७६, काठमाडौं

क्यानडाले जापानमा हुन लागेको ‘टोकियो ओलम्पिक’मा भाग नलिने घोषणा गरेको छ।

क्यानेडियन ओलम्पिक कमिटीले यही वर्ष जापानको टोकियोमा हुन लागेको ओलम्पिक खेलमा खेलाडी नपठाउने घोषणा गरेको हो ।

टोकियो ओलम्पिकमा खेलाडी नपठाउने घोषणा गर्ने क्यानडा पहिलो राष्ट्र हो ।

कोरोना भाइरसको महामारी विश्वव्यापी भएपछि टोकियो ओलम्पिक स्थगित गर्न संसारभरबाट आग्रह भइरहेको छ।

तर, जापानका अधिकारीहरूले केही दिनपहिले खेल नरोकिने घोषणा गरेका छन् ।

कोरोनाको संक्रमण नियन्त्रण नभएको अवस्थामा क्यानाडाको सहभागी नहुने घोषणापछि टोकियो ओलम्पिक रोकिने सम्भावना बढेको छ।
तस्वीरमा जापानमा हुन लागेको ‘टोकियो ओलम्पिक’को लोगो। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्