कोरोना संक्रमण रोक्न नेपालमा चिनियाँ मोडेल अपनाउने तयारी



१० चैत्र २०७६, काठमाडौं

सरकारले आजबाट नेपालका सबै सीमा नाकाहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । सीमा नाका बन्द हुँदा मानिसहरुको आउ–जाउ बन्द भए पनि अत्यावश्यक सामानको ढुवानी भने रोकिने छैन ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्नका लागि चीनले अपनाएको मोडल नेपालमा अपनाउने तयारी गरिएको  छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले त्यसका लागि चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिएका छन् ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा विश्वमा अहिले दुई मोडल अपनाइएका छन् । पहिलो चिनियाँ मोडल जुन लकडाउन गर्ने विधि हो । वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो ।

दोस्रो मोडल लकडाउन नगरी प्रविधिको प्रयोग गरेर रोकथाम गर्ने विधि हो, जुन दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले सफल रुपमा अपनाइरहेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्