क्वारेन्टाईनको लागि घर दिन तयार छु : ऋषि धमला



०९ चैत्र २०७६, काठमाडौं

सञ्चारकर्मी ऋषि धमलाले सरकारले आवश्यक ठाने आफ्नो घर क्वारेन्टाईनको लागि दिने घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा भाडावाला सरोकार समाज नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा धमलाले यस्तो बताएका हुन् ।

उनले भाडावाला सरोकार समाज नेपालले चालेको कदम साहसिक भएको बताउँदै आफ्नो यसमा पूर्ण साथ र समर्थन रहेको पनि विश्वास दिलाए ।

उनले भने ‘हामी सम्पूर्ण नेपाली एकजुट भएर भाइरस नियन्त्रण तथा रोकथामको लागि लड्नुपर्छ । अहिलेको समय भनेको एकजुट भएर अघि बढ्ने समय हो ।’

प्रतिक्रिया दिनुहोस्