रोकिने भयो हाँस्य टेलिसिरियल ‘सक्किगोनी’



०९ चैत्र २०७६, काठमाडौं

हाँस्य टेलिसिरियल ‘सक्किगोनी’को प्रशारण बन्द हुने भएको छ । कोरोनाको त्रासका कारण छायांकन गर्न नसकिने भएकाले केही साताको लागि सिरियलको प्रशारण स्थगन गरिएको निर्माण पक्षले बताएको छ ।

सक्किगोनीका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले सरकारले गरेको आह्वानलाई आत्मासाथ गर्दै छायांकन रोकिएको बताए । सरकारबाट अर्को सुचना नआएसम्म सक्किगोनीको प्रशारण बन्द हुने अर्जुनको भनाई छ । सिरियलको प्रशारण रोकिँदा दर्शकदीर्घामा पर्न गएको असरमा निर्माण पक्षले क्षमायाचना गरेको छ ।

छायांकन रोकिएपछि अहिले सम्पूर्ण युनिट सेल्फ क्वारेन्टाइनमा बस्ने निर्णयमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्