बूढानीलकण्ठ नगरपालिकाको जरुरी सूचना : अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित



०९ चैत २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका गोल्फुटार काठमाडौंले आइतबार (आज) एक सूचना जारी गर्दै चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गर्ने उल्लेख गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

२०७६ चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाईरसको सम्बन्धमा देशवासीको नाममा गरेको सम्बोधन अनुसार नै नगरपालिकाले यस्तो निर्णय गरेको हो । आजदेखि नै लागू हुने गरी बूढानीलकण्ठ नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु स्थगित गर्ने निर्णय गरेकोले सर्वसाधारण तथा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति नगरपालिकाले क्षमाप्रार्थी याचना गरेको छ ।

जारी सूचनाको अन्त्यमा, नगरपालिका अन्तर्गतका अस्पताल, स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्थाहरुबाट प्रदान हुने सेवाहरु यथावत रुपमा संचालन हुने व्यहोरा समेत जानकारी गराईएको छ ।

बूढानीलकण्ठ नगरपालिकाद्वारा जारी सूचना :

प्रतिक्रिया दिनुहोस्