सिंगापुरबाट यात्रु बोकेर आएको विमान यात्रुसहित सिंगापुरनै फिर्ता



०९ चैत्र २०७६, काठमाडौं

प्रतिबन्धित मुलुकको यात्रु लिएर काठमाडौं आएपछि सिल्क एयरको विमानबाट यात्रुलाई ओर्लन रोक लगाइएको छ ।

शनिबार साँझ सिंगापुरबाट यात्रु बोकेर आएको विमानले कोरोना संक्रमणको जोखिममा रहेको भनेर नेपालले यात्रा प्रतिबन्ध लगाएको देशका विदेशी नागरिकसमेत रहेकाले सबै यात्रुलाई विमानबाट आर्लिन विमानस्थल अधिकारीले रोक लगाएका हुन् ।

सिंगापुरबाट शनिबार साँझ आएको सो विमानलाई अहिले सिंगापुरनै यात्रुसहित फर्काउने तयारी भएको विमानस्थल स्रोतले जनाएको छ । सो विमान शनिबार राति ८ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

यसैबीच सरकारले आइतबारदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ । आइतबार चैत १८ गतेसम्मका लागि अन्तराष्ट्रिय उडान स्थगित गरिएको हो । कोरोनाका त्रास फैलिरहेको बेला सतर्कता अपनाउनका लागि सरकारले यो निर्णय गरेको हो । यसअघि नै सरकारले विभिन्न प्रभावित मुलुकका नागरिकलाई नेपालमा प्रतिबन्ध लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्