
०८ चैत्र २०७६, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस)बारे अफवाह फैलाएको आरोपमा पक्राउ परेका विवेक थापामगरले आफ्नो फेसबूक ह्याण्डलमा ‘रिच र इंगेजमेन्ट’ बढाउन भ्रम छरेको बयान दिएका छन्।
केन्द्रीय साइबर ब्यूरोले शनिबार (आज) दिउँसो आरोपित थापामगरलाई पक्राउ गरेको थियो।
पक्राउ गरिएपछि उनलाई अफवाह किन फैलाएको भनेर भनेर सोधिएको प्रश्नमा उनले आफ्नो फेसबूक ह्याण्डलमा ‘रिच र इंगेजमेन्ट’ बढाउन नयाँ तरिका अपनाएको बताएका थिए।
⇒ ‘कोरोना भाइरस’बारे भ्रामक अडिओ शेअर् गर्ने पक्राउ
थापामगरले सामाजिक संजालमा अडिओमार्फत् राजधानी काठमाडौंको अस्पतालमा ६ जनालाई कोरोनाभाइरस देखिएको बताएका थिए।
फाइल तस्वीर।





