तीन जनाको रहस्यमय मृत्यु !



०७ चैत्र २०७६, काठमाडौं

धादिङमा तीन जनाको रहस्यमय मृत्यु भएको छ

सिद्धलेक गाउँपालिकाको नलाङ आप्रिछाप ऐंसेलुगैरामा दुई दिनमा ३ जनाको रहस्यमय मृत्यु भएको हो।

दुई दिनको अन्तरालमा मृत्यु भएको तीनै जनाको शव पोस्टमार्टमपछि शुक्रबार (आज) धादिङवेशी पुछारबजारस्थित थोपल खोलामा दाहसंस्कार गरिएको छ।

गत बुधबार राति १२ बजेतिर ऐंसेलुगैराकी ७२ वर्षीया लालबहादुर नेपाली र ३५ वर्षीया सुन्तली नेपाली आ–आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए।

यस्तै शुक्रबार (आज) बिहान सोही ठाउँकी ६३ वर्षीया यमकुमारी अर्याल पनि मृत अवस्थामा भेटिएकी थिइन्।

तीनैजनाको मृत्युका कारण मदिरा सेवन हुन सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्