
०७ चैत २०७६, काठमाडौं
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रासबाट मुलुक नै भयभीत भइरहेको अवस्थामा भाइरसको संक्रमण फैलिनु अघि नै सजगता अपनाउन महानगरवासीलाई अपिल गरेका छन् ।
शुक्रबार (आज) काठमाडौं महानगरपालिकाको कार्यालयले कोरोनाको संक्रमण छिटो फैलिन सक्ने खतरालाई मध्यनजर गरी आम नेपालीहरु सबैले सजगता अपनाउनुपर्नै गम्भीर आवश्यकता देखिएकोले अपिल जारी गरेको छ ।
जारी अपिलमा ‘काठमाडौं महानगरपालिका सांस्कृतिक शहर भएका कारण यहाँका मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्नुपर्ने पनि उत्तिकै दायित्व छ । विभिन्न समयमा यहाँ मनाइने जात्रापर्वको पनि विशिष्ट महत्व रहिआएको छ । यहाँका मूर्त अमूर्त सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नु पनि उत्तिकै महत्व छ । अहिले नजिक आइरहेका पाहाँचः¥हे, घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्वहरू निकै ठूलो जनसहभागितामा मनाउने परम्परा रहिआएको छ । तर अहिले विषम परिस्थितिमा यसरी भीडभाडकासाथ मनाउने अवस्था नरहेकाले आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको विधिलाई यथावत राख्दै भीडभाडमा भने ती जात्रापर्व नमनाउन हुन पनि हार्दिक अपिल गर्दछु ।’ भनी उल्लेख गरिएको छ ।
महानगरपालिकाद्वारा जारी अपिल :





