
०७ चैत २०७६, काठमाडौं
युएईबाट नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र परेका छन् ।
एयर ईण्डिया फ्लाईटमार्फत आवुधावी, दुबई लगायतबाट नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा रोकिएपछि अलपत्र परेका हुन् । बिहान ४ बजे एयरपोर्ट आइपुगेका उनीहरु अहिलेसम्म नेपाल आउन नपाएको एक पीडितले बताएका छन् ।
कोरना चेक गर्ने भन्दै समय लम्व्याएपछि प्लेन छुटेको र अहिले नेपाल जान ४० हजार देखि ६० हजार भारतीय रुपैयाँ तिरी टिकट काट्नु परेको पीडित नेपालीहरुले बताएका छन् ।
यस्तो छ अलपत्र पर्नेहरुको नामावली :






