सरकारले सुपथ मूल्य पसल खोल्ने



०७ चैत २०७६, काठमाडौं

व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने गरेको गुनासो बढेपछि सरकारले उपत्यकाका पाँच स्थानमा खाद्य पसल सञ्चालन गर्न लागेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिएका छन् ।

सरकारद्वारा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले भने, कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न हामीले पसल खोल्दैछौँ, सुरुमा उपत्यकाका पाँच स्थानमा खोलिने तयारी भएको छ, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडलगायतका निकायलाई पसल खोल्न दिइने सहमति भएको छ, पसल एक÷दुई दिनमै सञ्चालनमा आउने छन् ।

ती पसलको मूल्य सस्तो हुने र उपभोक्ताले सही मूल्यमा सहज तरिकाले सामग्री पाउने मन्त्री भट्टको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्