कपन मिलनचोकमा भायोनेटको नयाँ शाखा, सेवाग्राही उत्साहित



०६ चैत २०७६, काठमाडौं

कपन मिलनचोकमा भायोनेटको नयाँ शाखा खुलेको छ । बुधबारबाट सेवा विस्तार गर्दा सेवाग्राही उत्साहित बनेका छन् ।

स्थापित नयाँ शाखाबाट नयाँ प्याकेजबारे जानकारी लिन, नेटको बिल तिर्न तथा विभिन्न सेवाबारे जानकारी लगायतका सेवा लिन सकिने ब्राञ्च म्यानेजर अर्विन्द प्रधानले जानकारी दिएका छन् ।

शाखाका म्यानेजर अर्विन्द प्रधानले बूढानीलकण्ठवासी सेवाग्राहीको अझ थप विश्वास जित्दै अन्य नेटहरुको तुलनामा तुलनामा छिटो र छरितो रुपमा मुस्कान सहितको सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं १० स्थित विभिन्न पाँच स्थानमा विगत दुई वर्षदेशि फ्रि ईन्टरनेटको समेत व्यवस्था गरेको शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्