खोटाङमा तास खेलिरहेको अवस्थामा नगद सहित नौ पक्राउ



०६ चैत २०७६, काठमाडौं

खोटाङमा तास खेलिरहेको अवस्थामा नौ पक्राउ परेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–५ महादेवस्थानको महालंगुर होटलमा तास खेलीरहेको अवस्थामा नौ जनालाई बुधबार राती पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हारजित हुने गरी पैसा सट्टेवाज गरेर तास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताउनुभयो ।

उनीहरुको साथबाट ७४ हजार ११० रुपैयाँ नगद र तीन बुङ तास जफत गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार फौजदारी अपराध संहिता २०७४ को दफा १२५ अनुसार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान भइरहेको रहेको प्रनाउ गौतमले बताउनुभयो । प्रहरीले तासको खालबाट पक्राउ पर्नेहरुको नाम गोप्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्