चीनमा कोरोनाको नयाँ संक्रमण शून्य!



 

०६ चैत्र २०७६, काठमाडौं

नयाँ कोरोना भाइरस (कोभिड – १९) को शुरुवात भएको देश चीनमा पहिलो पटक घरेलु संक्रमणको नयाँ केश शून्यमा झरेको छ।

विहीबार राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार कोभिड (१९ को पहिलो संक्रमण देखिएको दिन) ३१ डिसेम्बर २०१९० यता पहिलो पटक घरेलु संक्रमण शून्यमा झरेको हो।

आयोगले विहीबार जारी सूचनामा कोभिड–१९ को उदगम थलो मानिएको वुहानमा त बुधबार स्वदेशी तथा विदेशी कसैमा यो संक्रमण नदेखिएको बताएको छ।

यद्धपी देशभर भने बुधबार पनि ३४ जनामा आयातित (इम्पोटेड) मा नयाँ संक्रमण देखिएको छ।

आयोगले भाइरसबाट मृत्यु हुनेको संख्या पनि बुधबार एकल अंकमा झरेको बताएको छ। बुधबार चीनमा यो भाइरसबाट ८ जनाको मात्रै मृत्यु भएको थियो।

यो संगै देशभर कुल मृत्यु हुनेको संख्या ३ हजार २४५ रहेको छ। चीनमा अहिलेसम्म ८० हजार ९२८ जनामा संक्रमण भएको र ७० हजार ४२० जना निको भएर घर फर्केको समेत आयोगले उल्लेख गरेको छ।

आयोगले १० दश देखि हुवे र २० देखि देशभरको तथ्यांक दैनिक रुपमा जारी गर्दै आएको थियो ।

यता चीनमा नियन्त्रणमा आएपनि युरोप तथा अमेरिकामा यो भाइरसको संक्रमण रातारात तिब्रता पाएको छ।

इटालीमा बुधबार मात्रै ३ हजार ५२६ जनामा यो भाइरस देखिएको छ। जर्मनीमा ४ हजार ७०, स्पेशनमा ४ हजार ७१९ जनामा यो केश भेटिएको छ। अमेरिकामा पनि यो केश १ हजार ८७५ जनामा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्