कोरोनाविरुद्धको खोप लिने पहिलो महिला को हुन ?



०६ चैत्र २०७६, काठमाडौं

अमेरिकाको सिएटलमा कोरोना भाईरस विरुद्धको खोपको परिक्षण तिव्र गतिमा चलिरहेको छ । यसका लागि ४५ जना महिला तथा पुरुष स्वयं सेवकहरु सहभागी छन । खोपको रुपमा दिइने औषधि आफ्नो शरिरमा प्रयोग गर्न ति सबै स्वयं सेवकहरु उत्साहित देखिएका छन । यिनै मध्येकी एक हुन, ४३ बर्षीया जेनिफर हालर ।

यिनको बुलन्द हौसला देखेर खोप अनुशन्धानमा लागेका बैज्ञानिकहरु पनि थप उत्साहित बनेका छन । जेनिफरलाई कोरोनाको त्रासले घरमै कैद भएर बस्न भन लागेन । यो भन्दा आम मानिसलाई बचाउन कुनै न कुनै काम सक्रिय रुपमा गर्ने उत्कट ईच्छा जाग्यो । उनका अनुसार आफ्नो जीवन कोरोना भाईरसविरुद्धको लडाईंमा होमेकी छिन ।

जेनिफर सिएटलस्थि एक मध्यम स्तरको टेक कंपनीमा अपरेशन म्यानेजरका रुपमा कार्यरत छिन । खोप अनुशन्धान बारे यिनले ३ मार्चमा फेसबुक मार्फत जानकारी पाएकी थिईन । यसका लागि वाशिंगटन रिसर्च ईन्स्टिच्युटले धमाधम स्वयंसेवकहरुको छनौट गरिरहेको थियो । यहि क्रममा जेनिफरले पनि स्वयंसेवकका रुपमा भर्ना हुन फारम भरिन । त्यसको दुई दिनपछि उनलाई रिसर्च ईन्स्टिच्युटले स्वयं सेवकको रुपमा छनौट गर्यो ।

दुई सन्तानकी आमा जेनिफरलाई कोरोना विरुद्धको खोप पहिलो पटक दिईएको थियो । पहिलो पटक सुई लगाएपछि उनले खुसी प्रकट गर्दै आफुलाई आनन्द लागेको प्रतिकृया दिएकी थिइन । जेनिफरको दिनाचर्या अहिले सामान्य रुपमै वितिरहेको छ । १६ बर्षका छोरा र १३ बर्षकी छोरीलाई प्रत्येक दिन विहान फलफुल खुवाउने र विद्यालय पठाउने जस्ता नियमित काम जेनिफरले सजिलै गरिरहेकी छिन ।

जेनिफरका पति सफ्टवेयर प्राविधिक हुन । कोरोनाको प्रकोपकै कारण यिनी जागिरबाट निकालिएका छन । अहिले जेनिफरको पारिवारिक आम्दानी आधा घटेको छ । तुरुन्तै नयाँ काम खोज्न पनि सजिलो छैन । जेनिफर भन्छिन, ‘मेरो बिचारमा अबको ६ महिनाभित्र नयाँ काम खोज्नै पर्छ । अन्यथा गुजारा चल्नै गाह्रो छ ।’

प्रतिक्रिया दिनुहोस्