पोखरामा अमेरिकी र नवलपुरमा भारतीय नागरिकको मृत्यु



०४ चैत्र २०७६, काठमाडौं

पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ।

पोखराको डिहिकोपाटनस्थित भिलेज इन होटलमा गत २८ फागुनदेखि बसिरहेका ७० वर्षीय अमेरिकी नागरिक मार्क स्कोलेफेल्डको मंगलबार (आज) मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको मृत्युको कारण भने अहिलेसम्म खुल्न नसकेको बताइएको छ। मृतक मार्कको शव पोष्ट मार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरीले जनाएको छ।

मृतक मार्कको पासपोर्ट नम्बर ५९५६२४७१२ रहेको छ।

यसैबीच नवलपुरको कावासोती नगरपालिका १३ मा एक जना भारतीय नागरिकको पनि मृत्यु भएको छ। स्थानीय पर्शुराम भुसालको निर्माणाधीन घरमा ज्यामी काम गरिरहेका करिब ४५ वर्षीय भारतीय नागरिक मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

निर्माणाधीन घरको बरण्डामा उनको शव भेटिएको र मृत्युको कारण नखुलेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्