‘सामाजिक न्याय सहितको विकास आवश्यक छ’ : प्रदेश इन्चार्ज शाक्य



०४ चैत २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले सामाजिक न्याय सहितको विकास आवश्यक रहेको बताईन् । बागमती प्रदेश संगठन कमिटी पार्टी स्कूल विभागको सपथ ग्रहण कार्यक्रममा शाक्यले हाल समाजमा सामाजिक न्याय तथा नैतिक शिक्षाबारे जनचेतना जगाउनु पर्ने र हामी भित्र नैतिक आचरण हुनुपर्नेमा जोड दिईन् ।

प्रदेश ईन्चार्ज शाक्यले पहिला आफूले प्रशिक्षण लिन नपाएको जानकारी गराउँदै पार्टी स्कूल विभागले स्थिती हेरेर प्रशिक्षणको आयोजना गर्नुपर्ने बताईन् । विचारसँगै भावना जगाएर अपनत्व गराउन पर्ने र श्रमजिवी वर्गलाई गोलबद्ध गर्दै अगाडी जान आवश्यक रहेको धारणा व्यक्त गरिन् । कम्युनिष्टहरुमा आफ्नो सोच सकारात्मक हुनुपर्ने तथा एकले आर्कालाई सम्मान गर्न आवश्यक रहेको जनाईन् ।

 

प्रदेश ईन्चार्ज शाक्यले ईमान्दारिताका साथ काम गर्नेलाई पार्टीले अवसर दिने समेत जानकारी गराउँदै स्कूल विभाग अन्य विभाग भन्दा फरक रहेको कारण विभिन्न काम गर्दा माथिल्लो निकायसँग सहकार्य गर्दै काम गर्न निर्देश गरिन् ।

२०७६ फागुन १६ गते बसेको नेकपा बागमती प्रदेश संगठन कमिटीको चौथो पूर्ण बैठकले टुङ्गो लगाएको पार्टी स्कूल विभागको सपथ ग्रहण प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, नेकपा बागमती अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल र सह–इन्चार्ज हितमान शाक्यले गराएका हुन् ।

नेकपा बागमती प्रदेशका सह–ईन्चार्ज हितमान शाक्यले स्कूल विभाग प्रदेश कमिटीको बैचारिक अंग भएकोले विभिन्न ठाउँमा ध्यान दिएर काम गर्न अनुरोध गर्दै केन्द्रीसँगको सहकार्यमा अगाडी बढ्नुपर्ने धारणा व्यक्त गरे । स्कूल विभागले दर्शन, समाजवाद र राजनीतिलाई ध्यानमा राखेर व्यवहारीक ढंगबाट अगाडी जान समेत अनुरोध गरेका थिए । एउटा ईमान्दारी कम्युनिष्ट बनाउनु यस विभागको भूमिका रहेको समेत जानकारी गराए । बागमती प्रदेश अन्य भन्दा फरक भएकोले जिल्लाको आवश्यक्ता अनुसारका योजना बनाएर काम गर्न सकिने जनाए ।

नेकपा बागमती अध्यक्ष नारायण दाहालले हामीले योजना तथा कार्यक्रम कसरी अगाडी बढाउने हो यसबारे सबैले स्पष्ट हुनुपर्ने बताए । उनले भने, सुदृढ र व्यवस्थित पार्टी बनाउनु अहिलेको आवश्यक्ता हो ।

अध्यक्ष दाहालले भने, भोलिको आवश्यक्ता अनुसार बदल्दै समाजवादमा जानुका साथै समाज परिवर्तनका लागि आफू कसरी बदलिने अरुलाई कसरी बदल्ने ? भन्नेबारे विषेश छलफल गर्न अवश्यक छ ।

नेपाली समाज रुपान्तरण गर्नु हाम्रो दायित्व हो । अध्यक्ष दाहालले भने, मदन भण्डारीको जनताको बहुदलिय जनवादलाई टेकेर समाजलाई सकारात्मक ढंगले बदल्दै अगाडी बढ्न आवश्यक छ । सामन्तवादी प्रवृति अन्त्य गर्दै समृद्ध नेपाल निर्माण गर्नु हालको आवश्यक्ता हो ।

सपथ ग्रहण कार्यक्रममा नेकपा बागमती प्रदेशका सचिव आनन्द पोखरेलले स्कूल विभागमा समयको अभाव हुने बताउँदै संपूर्णलाई रोजगारी सहितको पार्टीकार्यकर्ता भएकोमा खुसी व्यक्त गरे । सचिव पोखरेलले विद्यान, नियमावली र राजनीतिक प्रतिवेदन पार्टीको दस्तावेज रहेको जानकारी गराउँदै संपूर्णलाई आफ्नो समयको ख्याल गर्दै जिम्मेवार ढंगबाट काम गर्न समेत अनुरोध गरे ।

विभागका प्रमुख सरल सहयात्रीले अन्य विभाग भन्दा स्कूल विभाग महत्वपूर्ण रहेको बताउँदै आफ्नो नेतृत्वमा रहेको विभागले ध्यान दिएर काम गर्ने प्रतिवद्धता जनाए । आफूले गर्ने काम तथा कार्ययोजनाबारे संपूर्णलाई जानकारी दिदै कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए ।

पार्टी स्कूल विभागको नामावली :

प्रतिक्रिया दिनुहोस्