
०४ चैत २०७६, काठमाडौं
काभ्रेपलाञ्चोकमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।
सोमबार साँझ टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रणका लागि प्रशासनले मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको हो ।
बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरको ठक्करबाट खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया गोले र उनकी तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएको थियो।
घटनापछि मृतकका आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३ प्रहरी र चार प्रदर्शनकारी घाइते भएका छन् । आक्रोशित भीडले प्रहरी बिटमा आगजनी गरेको थियो । त्यसक्रममा गोलीसमेत चलेको थियो ।





