
०४ चैत २०७६, काठमाडौं
कोरोना भाइरस संक्रमण नभएको पुष्टि गर्ने प्रमाणपत्र नल्याई नेपाल आएका ३६ विदेशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।
कोरोना भाइरस रोकथामरनियन्त्रण अभियानअन्तर्गत विमानस्थलअध्यागमन कार्यालयले सोमबार उनीहरूलाई फिर्ता पठाएको अध्यागमन कार्यालय प्रमुख सागर आचार्यले जानकारी दिएका छन्।
नेपाल आउने विदेशीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा ७ दिनको स्वास्थ्य प्रमाणपत्र बुझाउनुर्ने नियम सरकारले बनाएको छ।
भिसा र फर्कने टिकट नभएका विदेशीलाई विमानस्थलस्थित ‘डिटेक्सन’कक्षमा राख्ने गरिएको छ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयबमोजिम गृह मन्त्रालयले अनअराइभल भिसा दिन बन्द गरेको छ। नेपाल आउन चाहने विदेशीले सम्बन्धित मुलुकस्थित नेपाली दूतावासबाटै भिसा लिनुपर्ने नियम लगाइएको छ।
विश्वव्यापी महामारी बनिरहेको नोबल कोरोना भाइरस (कोभिड १९) बाट बच्न नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ।
यसका लागि सरकारले २ सय ३५ वटा आईसीयू बेड तयारी अवस्थामा राखेको जनाएको छ। त्यस्तै हजारवटा आइसोलेसन बेड पनि तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।





