कोरोनाका कारण घरमै रहँदा दम्पतिबीच बढ्यो सम्बन्धविच्छेद



०४ चैत २०७६, काठमाडौैं

कारोना भाइसरका कारण परिवार घरमै थुनिनुपर्दा लोग्ने स्वास्नीका बीचमा छलफल, बहस हुँदै विवाद भएपछि सम्बन्ध बिच्छेदसम्मको स्थिति हुन्छ भन्दा तपाईलाई आश्चर्य लाग्ला । लामो समयपछि कामबाट छुटकार पाएर लोग्ने स्वास्नी एकसाथ समय बिताउन पाउनु सुखीको कुरा हुनुपर्नेमा यहाँ अनौठो भएको छ ।

चीनको सिचुवान प्रान्तमा एक महिनामा ३०० भन्दा धेरै दम्पतिहरुले पारपाचुकेका लागि निवेदन दिएका छन् । समाचार स्रोतका अनुसार कोरोना भाइरसका कारण धेरै मानिसहरु घरमै बन्द छन् । यसकारण पति पत्नीमा विवादका केसहरु बढिरहेका छन् । यो विवाद सम्वन्ध बिच्छेदको स्थितिसम्म पुगेको छ ।

डाझोउ इलाकाका विवाह दर्ता कार्यालयका मेनेजर लु शिजुनले सयौं दम्पति आफ्नो विवाह तोड्ने बिचारमा रहेको बताउँछन् । अहिलेसम्म धेरै संख्यामा मानिसहरु सम्बन्ध बिच्छेदका लागि निदेवन दिइसकेका छन् । उनले सम्वन्ध बिच्छेद गर्नेहरु प्रायः धेरै समय घरमा बसिरहेका दम्पतीहरु रहेको बताए ।

उता कोरोना भाइरसको सबैभन्दा बढी संक्रमण भएको अर्को देश इटालीको भने समस्या बेग्लै छ । इटालीमा पनि मानिसहरु घरमै कैद छन् । मानिसहरु घरमै रहेका कारण इन्टरनेट प्रयोग ७० प्रतिशतले बढेको छ । मानिसहरु वेभसिरिज हेर्दै र अनलाइन गेम खेल्दै समय बिताइरहेका छन् । टेलिकम कम्पनि इटालियाका अनुसार देशमा इन्टरनेट कनेक्सनको पनि माग बढि नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्