‘कोरोना’ फैल्याएको भन्दै चिनियाँ राष्ट्रपतिविरुद्ध मुद्दा



०३ चैत्र २०७६, काठमाडौं

‘कोरोना भाइरस’ फैल्याएको भन्दै चिनियाँ राष्ट्रपति सी जिनफिङ्गविरुद्ध अदालतमा मुद्दा परेको छ।

भारतको विहार राज्यको मुजफरपुर अदालतमा वकिल सुधीर कुमार ओझाले सोमबार (आज) राष्ट्रपति सी र भारतका लागि चिनियाँ राजदूत सन वेइदोङलाई विपक्षी बनाएर मुद्दा दायर गरेका बिजनेस् स्टान्डर्ड्सले जनाएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार मुद्दाको सुनुवाइ आगामी ११ अप्रिलमा हुँदैछ।

अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट दुईजनाको ज्यान गइसकेको छ भने संक्रमितहरुको संख्या ११८ कटेको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्