नेकपा बागमती प्रदेश युवा तथा खेलकुद विभागको प्रतिबद्धता ‘गफमा भन्दा बढी काममा ध्यान दिन्छौं’



०३ चैत २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटी युवा तथा खेलकुद विभागको सपथ ग्रहण सम्पन्न भएको छ । विभागले गफमा भन्दा बढी काममा ध्यान दिने प्रतिबद्धता जनाएको छ ।

२०७६ फागुन १६ गते बसेको नेकपा बागमती प्रदेश संगठन कमिटीको चौथो पूर्ण बैठकले टुङ्गो लगाएको युवा तथा खेलकुद विभागको सपथ ग्रहण प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, नेकपा बागमती अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल र सह–इन्चार्ज हितमान शाक्यले गराएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश ईन्चार्ज शाक्यले युवा तथा खेलकुद विभाग अन्य विभाग भन्दा महत्वपूर्ण रहेको बताउँदै युवा परिषद् र सामाजिक विकास मन्त्रालयसँग सहकार्य गर्दै काम गर्न निर्देशन गरिन् । उनले भनिन्, ‘आवश्यकता भनेको समाज परिवर्तन गर्नु हो यसमा युवाको भूमिका महत्वपूर्ण हुन्छ ।’

प्रदेश ईन्चार्ज अष्टलक्ष्मी शाक्यले ईमान्दारिताका साथ काम गर्नेलाई पार्टीले अवसर दिने समेत जानकारी गराईन् । उनले फरक प्रसङ्गमा भनिन्, खेलाडीहरु अनुशासित हुन्छन्, खेलाडीले जसरी अनुशासीत भई राजनीति गर्ने हो भने नेपालको राजनीतिले उच्च स्थान हात पार्नेछ ।’

कार्यक्रममा नेकपा बागमती प्रदेशका सह–ईन्चार्ज हितमान शाक्यले युवामा सबै क्षेत्र समेटिएको हुनाले समस्याको पहिचान गरि अध्ययन अवलोकन गर्ने र समस्या कसरी समाधान हुने लगायतका विषयमा छलफल गर्न आवश्यक रहेको बताए । युवामा भएका खास समस्याको पहिचान गरि समाधानका उपाय अपनाउन समेत अनुरोध गरेका थिए ।

नेकपा बागमती अध्यक्ष नारायण दाहालले बागमती प्रदेशमा युवा कसरी सही ढङ्गले परिचालन गर्ने र अन्य प्रदेश भन्दा फरक रुपमा युवा पुस्ताबाट फरक र नयाँ काम गर्दै अगाडी बढ्नुपर्ने धारणा व्यक्त गरे ।

अध्यक्ष दाहालले अन्य विभाग भन्दा युवा तथा खेलकुद विभागको भूमिका महत्वपूर्ण रहेको जानकारी गराए । उनले पार्टी एकता भनेको हाम्रो उपलब्धी र दुश्मनको चुनौती रहेकोले युवाहरुले ध्यान दिएर ईमान्दारीताका साथ काम गर्न आवश्यक रहेको बताए । अध्यक्ष दाहालले बागमती प्रदेशमा खेलकुदलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा विशेष छलफल गरि योजना सहित अगाडी बढ्न आवश्यक रहेको बताए ।

सपथ ग्रहण कार्यक्रममा नेकपा बागमती प्रदेशका सचिव आनन्द पोखरेलले युवा तथा खेलकुद विभाग कसरी चलाउने भन्ने विषयमा छलफल गरी ३ महिना भित्र कार्यदिशा निर्देश गर्नुपर्ने धारणा राखेका थिए ।

विभागका प्रमुख ओमप्रसाद प्रसाईले अन्य विभाग भन्दा युवा तथा खेलकुद विभाग महत्वपूर्ण रहेको बताउँदै आफ्नो नेतृत्वमा रहेको विभागले ध्यान दिएर काम गर्ने प्रतिवद्धता जनाए ।

युवा तथा खेलकुद विभागको नामावली :

प्रतिक्रिया दिनुहोस्