झापामा कोभिड–१९ सङ्क्रमणको आशङ्का



०२ चैत २०७६, काठमाडौं

झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।

उहाँका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेका छन् । “कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ”, “उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको प्रजिअ रानाले बताएका हुन् ।”

प्रतिक्रिया दिनुहोस्