डा. राजन भट्टराईद्वारा बूढानीलकण्ठका दर्जनौं परियोजनाको निरीक्षण भ्रमण सम्पन्न (फोटो फिचर)



०१ चैत्र २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले आफ्नो पहलमा निर्माणाधिन दर्जनौं विकास निर्माण परियोजनाहरुको स्थलगत निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणमा डा. भट्टराईले योजनाहरुको प्रगति, परियोजना संचालनमा परेका समस्याहरु र आगामी दिनमा गर्नुपर्ने आवश्यक सहजीकरणका लागि सरोकारवालासँग छलफल गरेका थिए । आफ्नो निर्वाचन क्षेत्रमा संचालित योजनाहरुको स्थलगत अवलोकन गर्दै डा. भट्टराईले जनप्रतिनिधि तथा ठेकेदारहरुलाई तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए ।

डा.भट्टराईले वडा नं. २ को सुन्दरटारको सडक, जेष्ठ नागरिक पार्क, बदेली सडक, देउवा चोक सडक, पन्चकन्या सडक, धोवीढुङ्गा तल्लो भंगाल खानेपानी आयोजना लगायतका योजनाहरुको अवलोकन गरेका थिए । डा. भट्टराईले करिव २ करोड ७० लाखको लागतमा निर्माणाधीन कालिका चौर पार्कको लगायत अन्य पार्कको निर्माण अवस्थाको बारेमा समेत जानकारी लिएका थिए ।

निरीक्षण भ्रमणमा डा.भट्टराई लगायत नेकपा बागमती प्रदेश सचिवालय कमिटी सदस्य सुन्दर पुर्कुटी, नेकपा बागमती प्रचार तथा प्रकाशन विभाग सचिव ध्रुवप्रसाद घिमिरे, नेकपा बूढानीलकण्ठ नगर संगठन कमिटी अध्यक्ष रबिन अधिकारी, सचिव प्रदिप डंगोल, वडा नं २ का अध्यक्ष राजेन्द्र खड्का, सदस्य राजेन्द्र श्रेष्ठ, सदस्य ज्ञानु थापा सहित नेकपा बूढानीलकण्ठ नगर कमिटीका सदस्य तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्