
०१ चैत्र २०७६, काठमाडौं
महानगरीय प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका ३ जिल्लामा कार्यरत ७४ जना घुमुवाको दरबन्दी खारेज गरेको छ।
घुमुवाहरुले आचरणविपरीत काम गरेको उजुरी परेपछि महानगरीय प्रहरी आयुक्त विश्वराज पोखरेलले ५७ जना जवान र १७ अधिकृतस्तरका घुमुवालाई जिम्मेवारीबाट हटाएर २ नम्बर प्रहरी गण महाराजगन्जमा सरुवा गरेका हुन्।
घुमुवालाई अपराध अनुसन्धान र नियन्त्रण प्रयोजनका लागिमात्रै खटाइने पोखरेलले बताए।
यस्तै प्रहरीको आचरण, व्यवहार सुधारका लागि ७ दिने तालिम सञ्चालन गरिने पनि उनले बताए।





