अध्यक्ष दिनेश लो को जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण



०१ चैत २०७६, काठमाडौं

नेपाल तामाङ विद्यार्थी घेदुङ संघीय कार्यसमिति तथा ज्योमोगाङ घ्याङ्लेख सामाजिक सेवा नेपालका अध्यक्ष दिनेश कुमार लोले आफ्नो जन्मदिनको अवसरमा घ्याङ्लेख गाउँपालिका वडा न.२ बस्तिपुर खोलागाउँमा रहेको स्थानीय श्री जनप्रेमी आधारभुत विद्यालयका विद्याथीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा अध्यक्ष लोले आफूलाई जन्मदिने बुवाआमा प्रति आभार प्रकट गरेका थिए । साथै उनले आधारभूत शिक्षा हासिल गरेकोे विद्यालयका नानीबाबुलाई सहयोग गर्न पाउँदा उनी निकै खुशी देखिन्थे ।

विद्यालयका प्रधानाध्यापक दवाङ तामाङ, मोतिलाल थिङ, वडा सदस्य तिर्था योन्जन, चक्रमान लो लगायत अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रममा अध्यक्ष लोले  सरकारको विद्यार्थी भर्ना अभियानलाई साथ दिदै नयाँ सेसनमा कम्तिमा पाँच जना विद्यार्थीलाई भर्ना गर्ने प्रतिबद्धता समेत जनाए ।

 

प्रतिक्रिया दिनुहोस्