रहेनन् वरिष्ठ साहित्यकार डीपी भण्डारी



०१ चैत्र २०७६, काठमाडौं

वरिष्ठ साहित्यकार डीपी भण्डारीको निधन भएको छ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा भण्डारीको निधन भएको अस्पतालका निर्देशक अनिल ओड्युभिलले बताए।

निमोनिया, श्वास्प्रश्वाससम्बन्धी समस्या र हाइपरटेन्सनबाट ग्रसित भण्डारीलाई गत २१ फागुनमा अस्पताल भर्ना गरिएको थियो।

उनको शनिबार (आज) बिहान पौने बाह्र बजे निधन भएको अस्पतालले जनाएको छ।

भण्डारीले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा करिब ३५ वर्ष अध्यापन गरेका थिए।

उनले विभिन्न नेपाली तथा अंग्रेजी दैनिक पत्रिकाहरुमा लेखहरु लेख्नुका साथै साहित्यिक कृतिहरु पनि प्रकाशित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्