आजको मौसम पूर्वानुमान : चट्याङ र हावाहुरीसहित वर्षा, हिमपातको पनि सम्भावना



३० फागुन २०७६, काठमाडौं

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । शुक्रबार विहान जारी गरेको पूर्वानुमानमा केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र वर्षाको सम्भावना रहेको र केही स्थानमा हिमपात समेत हुने सम्भावना रहेको उल्लेख गरिएको छ ।

महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । हालको नेपालको मौसम भने पश्चिमी र मध्य क्षेत्रमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली भएको छ । यसैगरी, दिउँसो देशभरी नै सामान्य बदली हुनेछ । पश्चिमी तथा मध्य भू–भागका केही स्थानहरूमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । साथै देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

पूर्वानुमानका अनुसार राति भने देशभर नै सामान्यदेखि पूर्ण बदली रहनेछ। यससँगै पश्चिमी भू–भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्