नेकपा बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागको सपथ ग्रहण सम्पन्न (फोटो फिचर)



२९ फागुन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटी प्रचार तथा प्रकाशन बिभागको सपथ ग्रहण प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले गराएका छन् ।

२०७६ फागुन १६ गते बसेको नेकपा बागमती प्रदेश संगठन कमिटीको चौथो पूर्ण बैठकले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागको टुङ्गो लगाएको थियो ।

सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेश ईन्चार्ज शाक्यले निर्देशन दिदैं भनिन् पार्टी सदस्य पत्रकार साथीहरुले पार्टी नेतृत्व र सरकारले गरेका राम्रा कामको प्रचार गर्दै बेठिक भए रचनात्मक ढङ्गले विरोध गर्न समेत छुट रहेको बताईन् ।

कार्यक्रममा नेकपा बागमती प्रदेशका सह–ईन्चार्ज काशीनाथ अधिकारीले नेकपाको नेतृत्वमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै आर्थिक र साँस्कृतिक क्रान्ति सम्पन्न गर्न आवश्यक भूमिका निर्वाह गर्न निर्देशन दिए ।

नेकपा बागमती अध्यक्ष नारायण दाहालले कम्युनिष्ट पार्टीको सदस्य पोखरीको पानी जस्तो स्थिर होइन समुन्द्र जस्तो गतिशील हुनुपर्ने बताउँदै पार्टी र सरकारले गरेका राम्रा कामहरु जनतामाझ पुर्‍याउन र पार्टी नेतृत्वबाट कमजोरी भए आन्तरिक सुझाव दिन निर्देशन दिए ।

कार्यक्रममा नेकपा बागमती प्रदेशका सचिव आनन्द पोखरेलले कम्युनिष्ट सिद्धान्त र बर्गीय हितका लागि आफ्नो कलम चलाउन निर्देशन दिए ।

विभागीय प्रमुख सागर नेपालको अध्यक्षतामा सम्पन्न सपथ ग्रहण कार्यक्रमको संचालन विभागका उप–प्रमुख टंकलाल घिसिङले गरेका थिए ।

नेकपा बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागको नामावली :

प्रमुख : सागर नेपाल
उपप्रमुख : टंकलाल घिसिङ
सचिव : ध्रुवप्रसाद घिमिरे

सदस्यहरु
आनन्द पुन
उज्वल चौलागाई
कल्पना विसुराल
कालिका खड्का
कृष्णहरि घिमिरे
गायत्री खतिवडा
ग्याम्जो लामा
चिरञ्जीवी मास्के
नानी मैंया बिष्ट
दयाराम आचार्य
देवचन्द्र भट्ट
प्रमोद दाहाल
मीनकुमार सिवाकोटी
लक्ष्मी बस्नेत
विश्वमणी सुवेदी
शालिग्राम नेपाल
संजय देवकोटा
सुरोजंग पाण्डे
सोम शर्मा बजगाईं
रामचन्द्र नेपाल
रामकृष्ण थापा

यो पनि पढ्नुहोस् : 

नेकपा बागमती प्रदेशले पार्टी भूगोलको जिम्मेवारी टुङ्गयायो (नामावली सहित)

नेकपा बागमती प्रदेशका ३० विभागले पायो पूर्णता (नामावलीसहित)

अध्यक्ष नारायण दाहालको राजनैतिक प्रतिवेदन : बागमती प्रदेशमा नेकपाले छलाङ्ग मार्ने संकेत (पूर्ण पाठ)

प्रतिक्रिया दिनुहोस्