आज पनि सुनको मूल्यमा गिरावट



२९ फागुन २०७६, काठमाडौं

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

(आज) बिहीबार ८ सय रुपैयाँले घटेर तोलाको ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

बुधबार सुन तोलाको ८२ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो। यस्तै तेजाबी सुन ८१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।चाँदी तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।बुधबारको तुलानामा चाँदी २० रुपैयाँले कम हो।

प्रतिक्रिया दिनुहोस्