बाबुद्धारा आफ्नै १६ वर्षीय छोराको हत्या



२९ फागुन २०७६, काठमाडौं

कञ्चनपुरमा एक बाबुले आफ्नै १६ वर्षीय छोराको हत्या गरेका छन् ।

भीमदत्तनगरपालिका–२ उल्टाखामका ३९ वर्षीय डम्बर चन्दले १६ वर्षीय छोरा सुवर्ण चन्दको धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् ।

प्रहरीले हत्यामा संग्लन बाबुलाई पक्राउ गरेको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सुवर्णको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्