यी हुन् संसारमै ठूलो हिप हुने महिला : जहाजमा यात्रा गर्दा दुई टिकट (फोटो फिचर)



२९ फागुन २०७६, काठमाडौं

यी महिलाको नाम मिकेल रफिनेली हो । उनी अमेरिकाकी स्थायी बासिन्दा हुन् । झण्डै ४५ वर्षीया मिकेल आफ्ना श्रीमान् रेगी र चार छोराछोरीसँग बस्छिन् ।

श्रीमान् रेगीलाई मिकेलको शरीर धेरै मनपर्छ । उनले विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन्, ‘उनको मलाई व्यवहार धेरै मनपर्छ । त्यो भन्दा पनि उनको शरीर आकर्षक छ ।’

मिकेलले आफू पहिले यस्तो शारीरिक अवस्थामा नभएको बताइन् । उनले भनिन्, ‘म पहिले निकै पातलो थिए । मेरा छोराछोरी जन्मिएपछि मेरो हिप बढ्यो । मलाई सामान्य ढोकाभित्र पस्न पनि समस्या हुन्छ ।’

उनको हिप १ सय भन्दा धेरै इन्चको छ । कम्मर भने जम्मा ४० इन्चको रहेको छ । धेरैले उनले शल्यक्रिया गरेर बढाएको अनुमान गर्छन् । तर उनको हिप प्राकृतिक नै हो । हवाइ यात्रामा जाने बेलामा उनलाई एउटा सिटले पुग्दैन । त्यसैले दुईवटा टिकट काटेर हिड्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्