मिर्गाैलादाता सङ्ग्रौला घर फिर्ता



२८ फागुन २०७६,काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको प्रत्यारोपणका लागि मिर्गाैला अङ्गदाता उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौला स्वास्थ्यलाभ गरी आज घर फर्कनुभएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उहाँको स्वास्थ्यमा सुधारको क्रम भने जारीे छ । उहाँलाई केही दिनमा निवास फर्काइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिनुभए पनि चिकित्सकले अन्य व्यक्तिलाई भेट्न नदिएका कारण सल्लाहकार र चिकित्सक टोलीसँग उहाँको स्वास्थ्यबारे जानकारी लिएर उहाँ घर फर्कनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्