गुडिरहेको जीपबाट खसेर मृत्यु



२८ फागुन २०७६,काठमाडौं

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजारमा बोलेरो जीपबाट खसेर एकजनाको मृत्यु भएको छ ।

पहलमानपुरबाट सुखड्तर्फ आइरहेको से१च १०३४ नंको बोलेरोमा सवार अछामको रामारोशन गाउँपालिका–७ का २६ वर्षीय एकेन्द्रबहादुर बटालाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

यात्रा गरिरहेका बेला उनीसँग रहेको इयरफोन खसेको र तान्न खोज्दा खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखड्का प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्