हृात्तै घट्यो सुनको मूल्य



२८ फागुन २०७६,काठमाडौं

नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सयले घटेको छ ।

आज सुनको मूल्य कमि आइ प्रतितोला ८२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।

मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ८२ हजार ७ सय रहेको थियो । साथै आज तेजावी सुनको मूल्य ८२ हजार रहेको छ ।

यता चाँदीको मूल्यमा भने आज कुनैपनि परिवर्तन आएको छैन् । मंगलवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० मा कारोवार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्