बन्दीपुरको डाँडामा ‘ग्रेटवाल’



२८ फागुन २०७६, काठमाडौं

पहाडी रानी उपमाले परिचित तनहुँको पुरानो सदरमुकाम बन्दीपुर पर्यटकीय तथा व्यावसायिक हिसाबले छिट्टै नै छलाङ मार्ने तयारीमा जुटेको छ ।

चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण आरम्भ गरिएको बन्दीपुर ग्रेटवाल, निर्माणधीन केबलकार, प्याराग्लाइडिङका कारण यो सम्भावना देखिन्छ ।

यतिबेला बन्दीपुरको माथिल्लो डाँडामा ग्रेटवाल निर्माण कार्य चलिरहेको छ । यसका लागि हालसम्म ७० लाख रुपैयाँ खर्च गरिएको छ । सल्लाघारीदेखि थानीमाई मन्दिर पुग्नका लागि ११ सय मिटरको ग्रेटवाल निर्माण कार्य रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकराी दिए ।

ग्रेटवाल निर्माण कार्य सकिएपछि त्यसमा रेलिङ र बत्ती जडान गरेर यसको निर्माणलाई पूर्णता दिइने छ । वाल निर्माणको कार्य छिट्टै सक्ने तयारी छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्