प्रेमिकालाई प्रभावित पार्न चोरे युवकले ८ मोटरसाइकल



२७ फागुन २०७६, एजेन्सी

भारतमा मोटरसाइलक चोरेर प्रेमिकालाई प्रभावित पार्न खोज्ने एक युवकलाई गत शनिबार पक्राउ गरिएको छ ।

प्रेमिकाले बाइक नभएको भन्दै गिज्याएपछि ती युवकले यस्तो कदम उठाएको हो। अडिटी सेन्ट्रलका अनुसार ललित नामका ती व्यक्तिले प्रेमिकालाई प्रभावित पार्न नयाँ दिल्लीमा विभिन्न पार्टीको आयोजना गर्ने गर्थे । गत महिना ‘भ्यालेन्टाइन्स डे’मा प्रेमिकाले उनलाई आफ्नै मोटरसाइकल नभएको भन्दै गिज्याएका थिइन् ।

प्रेमीकाको कुराले उनलाई घोच्यो, प्रेमिकाका लागि एउटा होइन थुप्रै मोटरसाइकल ल्याउन सक्छु भनेर देखाउने निश्चित गरे । तर, दुर्भाग्यवश उनको यो योजनाले उनलाई जेलसम्म पुर्याइदियो ।

आफ्ना साथीसँग मिलेर ललितले विभिन्न स्थानबाट ८ वटा मोटरसाइकल चोरेका छन् । किन यस्तो अपराध गरेको भनेर प्रश्न सोध्दा, ललितले आफ्नी प्रेमिकालाई प्रभावित पार्न यस्तो गरेको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्