मनकामनाले हातपार्यो आरुबारी युवा क्लब मेयर कप फुटसलको उपाधी



२६ फागुन २०७६, काठमाडौं

श्री आरुबारी युवा क्लबद्वारा आयोजित प्रथम अन्तर विद्यालय सेभेन ए साइड नक आउट मेयर कप फुटसल प्रतियोगिताको उपाधी मनकामना स्कुलले हात पार्न सफल भएको छ ।

मनकामना स्कुल र सांग्रिला पब्लिक स्कुल बीच भएको फाइनल खेलमा ४–३ गोल अन्तरले विजेता हुन सफल भएको हो । उपाधि संगै मनकामना स्कुलले नगद रु २५ हजार प्रप्त गरेको छ भने उपविजेता सांग्रिला पब्लिक स्कुलले नगद रु १५ हजार सहितसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, विशेष अतिथि नेपाल भलीबल संघका उपाध्यक्ष कुमारराज सुवेदी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल आयोजक संस्थाका अध्यक्ष फुर्साङ लामा तामाङ, आयोजक संस्थाका उपाध्यक्ष सुरेन्द्र मान सिंह बस्नेत, लगायत अन्य कार्यसमितीका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल पुलिस टिमका  पुर्व फुटबल  खेलाडी कुन्जन श्रेष्ठलाई आयोजक संस्थाले नगद रु १५ हजार सहित सम्मान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले नगरपालिकाले खेलकुद विकासका लागि विभिन्न काम गर्दै नगर अगाडी बढेको जानकारी गराएका थिए ।

आयोजक संस्थाका अध्यक्ष फुर्साङ लामा तामाङले खेलकुदको विकास विद्यालय तहबाटै हुने भएकाले विद्यालय तहका विद्यार्थीलाई विभिन्न खेलमा लाग्न प्रेरित गरेका थिए ।

२२ गतेबाट गोकर्णेश्वर नगरपालिका माकलबारी स्थित मनकामना फुटसलमा सम्पन्न भएको प्रतियोगितामा १२ विद्यालयका १५ वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्