आज होली तर ठूलो समूहमा होली नखेल्नू



२६ फागुन २०७६, काठमाडौं

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण हुनसक्ने खतरा औंल्याउँदै सानो समूहमा होली खेल्न सर्वसाधारणमा आग्रह गरेको छ ।

ललितपुर, भक्तपुर र काठमाडौंका जिल्ला प्रशासन कार्यालयले ठूलो संख्यामा भेला भएर होली नखेल्न भन्दै सो आग्रह गरेको हो ।

भक्तपुर जिप्रकाले एक विज्ञप्ति प्रकाशित गरी सार्वजनिक अपिल गर्ने क्रममा सो आग्र गरेको हो ।

यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना भाइरसको संक्रमणबाट नेपाल उच्च जोखिममा रहेको औल्याउँदै होली पर्वमा पानीको फोहरा नखेल्न-नखेलाउन विभिन्न कार्यक्रमको आयोजना गरी ठूलो संख्यामा मानिसहरुको जमघटबाट टाढा रहन आग्रह गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले फागुपूर्णिमा (होली) का अवसरमा कार्यक्रम तथा भीडभाड नगर्न आग्रह गरेको छ ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्