‘स्वैच्छिक राष्ट्रिय समिक्षा’ का बारेमा देशभर छलफल जारी



२५ फागुन २०७६, काठमाडौं

अल्पसंख्यक तथा सिमान्तकृत युवाहरुको दृष्टिकोणबाट दिगो विकास लक्ष्यको कार्यान्वयन अवस्था र यसका चुनौतीकोे पहिचान गर्नका लागि देशभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

यसै क्रममा भिएसओ नेपाल, नेपाल एसडीजि फोरम, एक्सनएड नेपाललगालयतका संघ संस्थाहरुसँगको सहकार्यमा युथ एड्भोकेसी नेपाललले सातवटै प्रदेशका विभिन्न स्थानहरुमा वहुपक्षीय संवाद गरिरहेको छ ।

हालसम्म प्रदेश नम्बर १ को विराटनगर, प्रदेश २ को जनकपुर, गण्डकी प्रदेशको नवलपुर र सुदूरपश्चिम प्रदेशको धनगढीमा संस्थाले कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ ।

त्यस्तै आगामी मार्च १२ तारेकसम्म प्रदेश नम्बर ५ को नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र वागमती प्रदेशको हेटौँडा र काठमाडौँमा कार्यक्रम सम्पन्न गर्ने आयोजकको तयारी छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका तीन सयभन्दा बढी युवाहरुले सहभागीता जनाएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा सहभागि युवाहरुलाई आयोजकले दिगो विकास लक्ष्य तथा ‘स्वैच्छिक राष्ट्रिय समिक्षा’ का बारेमा अभिमुखीकरण दिएको थियो ।

सहभागीहरुलाई विभिन्न समूहमा विभाजन गरी दिगो विकासका १७ वटा लक्ष्यहरुमध्ये युवाहरुसँग सम्बन्धित ९ वटा लक्ष्यहरुका बारेमा सुझाव संकलन गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा सहभागीहरुले दिएका सुझावहरुलाई संकलन गरी प्रदिवेदन निर्माण गरिने युथ एडभोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले बताए ।

उनले राष्ट्रिय योजना आयोगले तयार पार्ने ‘स्वैच्छिक राष्ट्रिय समिक्षा’ प्रतिवेदनलाई थप सहयोग पुर्‍याउने उद्देश्यले उक्त प्रतिवेदन निर्माण गर्न लागिएको बताए ।

नेपाल सरकारले सन २०१७ मा संयुक्त राष्ट्रसंघद्वारा आयोजना  भएको उच्चस्तरिय राजनीतिक राजनीतिक मंचमा ‘स्वैछिक राष्ट्रिय समिक्षा प्रतिवेदन प्रस्तुत गरेको थियो । आगामी २०२० जुलाई ७ देखी १६ सम्म आयोजना हुने उच्चस्तरीय राजनीतिक मञ्चमा दोस्रो ‘स्वैच्छिक राष्ट्रिय समिक्षा’ प्रस्तुत गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्