हतकडीसहित युवक फरार, प्रहरी चौकी अनयोलमा



२५ फागुन २०७६, काठमाडौं

सप्तरीको प्रहरी चौकी काचनमा हिरासतमा रहेका एक युवक हतकडीसहित फरार भएका छन् । आइतबार बिहान २ १५ बजे फरार भएका युवकको प्रहरीले खोजी गरिरहेको छ।

घरायसी झगडाका क्रममा श्रीमतीलाई कुटपिट गरेको, गाउँलेसँग झगडा गरेको र आफैं आत्महत्या गर्न हिडेको आरोपमा बोदेबरसाईन नगरपालिका–८ रजपट्टीका करिव ३० वर्षीय महेश यादवलाई शनिबार राति करिव पौने २ बजे प्रहरीले पक्राउ गरेको थियो।

सबै सुतेको मौका पारेर उनी प्रहरी चौकीबाट फरार भएका हुन्। प्रहरी चौकीका इन्चार्ज विजय सिंहले घट्नाको पुष्टि गर्दै उनको खोजतलास भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्