आज अन्तराष्ट्रिय नारी दिवस



२५ फागुन २०७६, काठमाडौं

आज ८ मार्च, अन्तराष्ट्रिय महिला दिवस । आज विश्वभर विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय नारी दिवस मनाईंदैछ । नेपालमा पनि विविध कार्यक्रमहरु हुँदैछन ।

यहि सन्दर्भमा आजका बिभिन्न पत्रपत्रिकाहरले नारी दिवसको विषयलाई लिएर समाचार छापेका छन । त्यस्तै आजको नयाँ पत्रिका दैनिकले महिला र पुरुषबीचको विभेदलाई आधार बनाएर तयार पारेको समाचार छापेको छ ।

पुरुषको औसत मासिक ज्याला १९ हजार चार सय ६४ हुँदा महिलाको ज्याला १३ हजार ६ सय ३० मात्र अर्थात् ३० प्रतिशत कम रहेका छन । कृषिप्रधान देश नेपालमा कृषिमा कुल श्रमिकको ५७ः१९ प्रतिशत महिला छन् । त्यस्तै, मजदुरीमा ३७ः२६ प्रतिशत महिला छन् ।

अर्थतन्त्रमा उनीहरूकै श्रमको अमूल्य योगदान छ । हरेक ठाउँमा पुरुषसँग प्रतिस्पर्धा गरिरहेका महिलाको ज्याला भने पुरुषको भन्दा ३० प्रतिशत कम छ ।राज्यका प्रमुख अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकादेखि रोजगारी र मजदुरीसम्म महिला सहभागितामा विभेद छ ।

देशमा काम गर्ने उमेरका दुई करोड सात लाख व्यक्तिमध्ये महिला ५५ दशमलव ५५ प्रतिशत अर्थात् एक करोड १५ लाख छन् । नेपालको कुल जनसंख्यास् २ करोड ९८ लाख ८१ हजार छ भने महिला ५१ः५० प्रतिशत अर्थात् १ करोड ५३ लाख ८८ हजार छन ।

काम गर्ने उमेरको जनसंख्याः २ करोड ७ लाख मध्ये महिलाको संख्या ५५ः५५ प्रतिशत अर्थात् १ करोड १५ लाख छन । शान्ति तामाङ, मुना कुँवर, शिल्पा कर्ण र मञ्जु टेलरले लेखेको समाचार नयाँ पत्रिकामा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस्